Rule 12
केन्द्रको व्यवस्थापन
(१) केन्द्र सञ्चालन गर्ने संस्थाले केन्द्रको व्यवस्थापनका लागि एक व्यवस्थापन समिति गठन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको कुल संख्यामध्ये कम्तीमा पचास प्रतिशत महिला हुनु पर्नेछ ।
(३) केन्द्रले आफूले प्रदान गर्ने सेवासँग सम्बन्धित विषयमा दक्षता र अनुभव भएका व्यक्तिहरुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(४) केन्द्रमा रहेका प्रत्येक पीडितहरुको छुट्टा छुट्टै व्यक्तिगत विवरणको अभिलेख राख्नु् पर्नेछ